एकलाएक्लै भेटघाटमा ओली–दाहाल, भोलि एकता संयोजन बैठक

691
views

काठमाडौं १ फागुन । पार्टी एकीकरणको प्रयासमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार मानभवनस्थित एक घरमा एक्लाएक्लै वार्ता भईरहेको छ ।

आज करिब ४० मिनेटसम्म भएको वार्तापछि भोली एकता संयोजन समितिको बैठक राख्ने दुई अध्यक्षकाबीच सहमति भएको छ । एकीकृत पार्टीको नेतृत्वबारे सहमति भइसकेको अवस्थामा दुई अध्यक्षबीचको वार्ताले एकता प्रक्रियालाई नयाँ मोडमा पुर्याउनेमा विश्वास गरिए पनि मंगलबारको बैठकले त्यसो गर्न सकेन् ।

एकता समिति बैठकले सांगठनिक संरचना एवं सैद्धान्तिक विषयलाई टुंगो लगाउन फरक फरक कार्यदल गठन गर्ने अपेक्षा गरिएको छ । सोमबार दुवै नेताहरूबीच एकीकृत पार्टीको अध्यक्षमा दुवै नेता रहने र सरकारमा आलोपालो गर्ने समझदारी भएको थियो ।