भारतीय सेनाध्यक्ष रावत स्वदेश फिर्ता

1337
views

काठमाण्डौ, २ फाल्गुन । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको निमन्त्रणामा ३ दिने नेपाल भ्रमण आएका मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत स्वेदश फिर्ता हुनुभएको छ ।

रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी हेमन्तराज कुँवरले बिदाई गर्नु भएको छ । नेपाल एकीकरणको २५० औं वर्षगाँठ मनाउने क्रममो ‘सेना दिवस २०७४’ को कार्यक्रममा आउनुभएका रावतले राष्ट्रपति, प्रधानमन्त्री तथा प्रधानसेनापतिसँग छुट्टा–छुटै भेटवार्ता गर्नुको भएको थियो । रावतले सो अवसरमा नेपालका केही महत्वपूर्ण धार्मिक स्थलहरुको समेत भ्रमण गर्नु भएको थियो ।

उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास लिईएको छ ।