ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय माओवादी नेताको घरमा

604
views

काठमाडौं । एमाले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार दिउँसो ललितपुरको मानभवनस्थित एक माओवादी नेताको घरमा बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष ओलीले माओवादी र एमालेबीचको एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलको जानकारी गराएका थिए । सँगै ओलीले पार्टी एकताका विषयमा भएका छलफलमाथि सुझावसमेत मागेका छन् ।

नेताहरुले दिएको सुझावमाथि एकता संयोजन समितिको बैठकमा छलफल हुँदै छ । दुई पार्टी एकता संयोजन समतिको बैठक केहीबेरमै मानभवनमा बस्ने तयारी भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

संयोजन समितिको बैठकमा सहभागी हुन माओवादी नेताहरु प्रचण्ड निवास खुलमटारबाट मानभवनतर्फ आइरहेका छन् ।