मुख्यमन्त्री शेरधन राईले आज शपथग्रहण गर्दै

783
views

मोरङ, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको छ ।

बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । राई नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
शपथग्रहण पश्चात आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख तुम्बाहाङले शपथग्रहण गराउनुहुनेछ ।