प्रधानमन्त्रीमा दावी पेश गर्न एमाले–माओवादीका शिर्ष नेताहरु शितलनिवासमा

608
views

काठमाण्डौ, ३ फागुन । वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी पेस गर्न एमाले माओवादीका नेताहरु नेताहरु शितलनिवास पुगेका छन् ।

उनीहरुले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिको लागि राष्ट्रपति समक्ष संयुक्त दावी पेश गर्दैछन् ।

एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल राष्ट्रपति कार्यालय पुगिसकेका छन् । यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादीको टोली पनि राष्ट्रपति कार्यालय पुगेको छ ।

पार्टी एकता सयोजन समितिको बुधबारको बैठकले बिहीवार ओलीको नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ संख्या छ । राष्ट्रपति कार्यालय श्रोतले दिएको जानकारी अनुसार अहिले जारी छलफलपछी शपथग्रहणको समय तोकिने छ र ओलीले आजै प्रधानमन्त्रीको सपथ लिने छन् । ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।