आदित्यत्यका तीन ‘एफ’ बारे रानीको खुलासा

820
views

काठमाण्डौ, ३ फागुन । अभिनेत्री रानी मुखर्जीले आफ्ना पति आदित्य चोपडालाई तीन ‘एफ’मा निकै लगाव रहेको बताएकी छिन् । उनले पहिलो ‘एफ’चाहिँ बताउन मानिनन् ।

नयाँ फिल्म हिच्कीको प्रचारप्रसारमा व्यस्त रानीले नेहा धुपियाको बिबिएफएस विथ भोग नामक सोमा आदित्यलाई फिल्म र फुडमा निकै रुचि रहेको खुलाइन् । ‘मेरा पति आदित्यलाई फिल्म र फुडमा निकै रुचि छ । त्यसभन्दा अर्काे एउटा ‘एफ’ पनि छ । त्यो चाहिँ म बताउन चाहन्नँ,’ रानीले भनिन् । रानीले लुकाएको आदित्यको पहिलो नम्बरको ‘एफ’को अर्थ फिमेल भएको बलिउडकर्मीले अड्कल काटेका छन् ।

४६ वर्षीय आदित्यले फिल्म निर्माण एवं निर्देशन गर्दै आइरहेका छन् । १८ वर्षको उमेरबाट सहायक निर्देशकका रूपमा करिअर सुरु गरेका आदित्य प्रेमको मामलामा चलाख मानिन्छन् । त्यसकारण रानीले फिमेलको ‘एफ’ नखुलाएको हुनसक्ने अनुमान गरिएको छ । रानीको हिच्की २३ मार्चमा रिलिज हुँदै छ ।