एमालेसँगको सहमती आजभोली नै टुङ्गिन्छ–प्रचण्ड

892
views

काठमाण्डौ, ४ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता लगायत सरकार निर्माणको विषयमा एमालेसँगको छलफल सकरात्मक रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले उपरोक्त कुरा बताएका हुन् । उनले भने, ‘एमालेसँग पार्टी एकता, मन्त्रालय बाँडफाँड, सरकार निर्माण र राजनीतिक नियुक्तिका विषयमा सहमति बनाउने प्रयास भइरहेको छ ।’

माओवादी केन्द्रले सरकारमा मन्त्री नपठाउँदा प्रश्न उब्जेको बताउँदै प्रचण्डले पार्टी एकता र सरकारमा सहभागिताबारे आजभोलि नै सहमति भइसक्ने दावी गरे । हिजोका कमजोर सरकारले गर्न नसकेका काम अहिलेको सरकारले गरेर देखाउने बताउँदै उनले नयाँ सरकार गुणात्मक रुपले धेरै काम गर्ने दावी पनि गरे ।