प्रजातन्त्र दिवसमा तरुणदलको अगुवा कार्यकर्ता भेला

1161
views

रिना खनाल
काठमाण्डौ, ४, फागुन । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल केन्द्रिय समितिले प्रजातन्त्र दिवसको अवसरमा उपत्याका स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । तरुण दलले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते काठमाडौंमा उपत्यका स्तरीय बृहत अगुवा कार्यकर्ता भेला गर्ने भएको हो ।

६७ औं प्रजातन्त्र दिवसको अवसर पारेर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे भेला आयोजना गरिएको महामन्त्री भुपेन्द्र जङ्ग शाहीले जानकारी दिए ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले एक विज्ञप्ती जारी गरी नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनको इतिहासमा २००७ सालको क्रान्तिको सबैभन्दा बढी महत्वपूर्ण स्थान रहेको बताएका छन् ।

शाहीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा नेपाली कांग्रेसको नेतृत्वमा भएको उक्त आन्दोलनले नै प्रजातन्त्र दिवसको दिन राजनीतिक उपलब्धि प्राप्त भएको बताएका छन् ।

सो अवसरमा यहि फागुन ७ गते ६७ औ प्रजातन्त्र दिबसको अबसरमा नेपाल तरुण दल केन्द्रिय समितिले देशव्यापी विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको जानकारी गराएका छन् ।