रेलमार्गको नापजाँच अघि बढाइएपछि तिलोत्तमाबासी आन्दोलित

712
views

बुटबल, ६ फागुन । पूर्व–पश्चिम रेलमार्ग बनाउन रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रमा नापी तथा सर्भे भइरहेको भन्दै स्थानियबासी, नगरका राजनीतिक दल र संघसंस्था आन्दोलीत भएका छन् । शनिवार तिलोत्तमा नगरपालिकाको कार्यालयमा बसेको नगरको सर्वपक्षिय बैठकले रेलमार्ग पीडित संघर्ष समिति समेत गठन गरेको छ ।

तिलोत्तमा नगरपालिकाको १ देखी ४ सम्मको क्षेत्रमा रेलमार्गको नापजाँच भएको र आफूहरुको बस्ती उठ्न सक्ने भन्दै उनीहरुले विरोध गरेका हुन् । तर रेल विभागले भने पुरानै सर्भे अनुसार बुटवल कालिकानगर क्षेत्रबाटै पूर्व–पश्चिम रेलमार्गको प्रक्रिया अघि बढ्ने जनाएको छ ।

बुटवल योगिकुटी नजिक कालीकानगर क्षेत्रमा पहिले नै सर्भे भइसकेकाले रेलमार्गको प्रक्रिया त्यही ठाउँबाट अघि बढ्ने विभागले बताएको हो ।

बुटवलतर्फ व्यापक विरोध भएपछि विभागले दक्षिण तर्फ तिलोत्तमा क्षेत्रमा पनि ठाउँ हेरेको हो । तर दक्षिणतर्फ उपयुक्त नहुने रेल विभाग निष्कर्षमा पुगेको छ । ‘दक्षिण तर्फबाट पनि सर्भे गर्नुपर्यो भनेर आवाज उठेकाले तिलोत्तमा क्षेत्रको ठाउँ हेरेका हौं तर उपयुक्त देखेनौं,’ रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्यायले भने, ‘दक्षिण तर्फबाट लैजादा झन धेरै क्षति होला जस्तो देखीयो ।

पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत बुटवल–लमही खण्डमा धेरै जसो ठाउँमा विस्तृत इन्जिनियरीङ सर्भे भइसकेको छ । स्थानीयबासीको विरोधका कारण बुटवल क्षेत्रमा इन्जिनियरिङ सर्भेको काम बाँकी छ । ‘लमहीमा इन्जिनियरिङ सर्भेको काम सकिन लागेको छ । स्थानियले संघर्ष समिति नै बनाएर विरोध गरेका कारण रेलमार्ग अघि बढाउन कठीन देखीएको छ ।