नेकपाको हेर्डक्वाटरमाथि नै प्रहरीको धरपकड, दुई नेता पक्राउ

805
views

काठमाण्डौ, ६ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष् पार्टीका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । सो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिट्ब्युरो सदस्य पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न विराटनगर आउँदै गर्दा उनीहरुलाई गिरफ्तार गरिएको प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ले जानकारी दिएका छन् ।

प्रवक्ता विकका अनुसार प्रंहरीले उनीहरुलाई विराटनगर चोकबाट गिरफ्तार गरेको हो । प्रवक्ता विकले आफ्ना नेताहरुलाई सरकारले विनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् । उनले गिरफ्तारमा परेका आफ्ना नेताहरुलाई विनाशर्त तुरुन्त रिहा गर्न माग समेत गरेका छन् ।