म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाईनलमा प्रवेश

1078
views

काठमाण्डौ, ६ फागुन । प्रिमियर क्लवहरु म्यान्चेस्टर युनाईटेड, साउथह्याम्पटन र ब्राईटन एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

गएराती भएको खेलमा हडर्स्फिल्ड टाउनलाई २–० ले हराउँदै म्यान्चेस्टर युनाईटेडले ब्राईटन विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल रोमेलु लुकाकुले गरे । एफए कप फुटबलकै अर्को खेलमा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई २–१ ले हराउँदा ब्राईटनले कोभेन्ट्री सिटीलाई ३–१ ले पराजित र्गयो ।

शेफिल्ड वेनस्डे र स्वान्सी सिटीको खेल भने गएराती बराबरीमा सकिएपछि रि प्ले हुने भएको छ । रि प्ले स्वान्सी सिटीको मैदानमा हुनेछ ।