चर्चित गायक तथा सर्जक अमिर सुवेदीको ‘अन्र्तघात’ बजारमा (भिडियो सहित)

922
views

पर्वत । बर्बर आँशु, फेशनवाली श्रीमती, मुटुको ढुकढुकी, तिम्रै चिन्ता भो, तिम्रै दिलमा फुल्न सकिन जस्ता चर्चित गीत पछि अमिर सुवेदीको कर्णप्रिय स्वरमा फेरी ‘अन्र्तघात’ बजारमा आएको छ ।

सुवेदीको अभिनय, शब्द सृजना तथा लयमा अन्र्तघात एल्बम बजारमा आएको हो । माया, प्रेम विछोड जस्ता विषय समटेर स्रोता दर्शकमाझ आउने गरेका सुवेदीले आफ्नै र सलिना सुनारको स्वरमा नयाँ लोक दोहोरी गीत ‘अन्र्तघात’ सार्वजनिक गरेका हुन् । गीतमा शब्द तथा लय अमिर सुबेदीकै रहेको छ ।

गीतको भिडियोमा अमिर सुबेदी, कृष्ण प्रसाद पहाडी र गीता श्रेष्ठको अभिनय रहेको छ । गीतलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन भने मुकेश हुमागाईले छायाँकन र अमृत चापागाईले सम्पादन गरेका हुन् । सो गितलाई अवसर डिजिटल प्रालिले बजारमा ल्याएको हो ।