चितवन समाज इजरायल चारवर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश

नेपाल र प्रवास जोड्ने कार्यमा संस्थाले थप योगदान दिने

1409
views

अनिरुद्र सुवेदी
ईजरायल । चितवन समाज ईजरायल मार्फत प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई मातृभुमिप्रतिको माया जगाउँदै सामाजिक कार्यमा योगदान पु¥याउँदै आएको चितवन समाज ईजरायलको चार बर्ष पुरा भई पाँचौ वर्षमा प्रवेश गरेको छ । उक्त संस्थाले सो अवसरमा नेपाल र प्रवासमा रहेका नेपालीहरुलाई जोड्ने थप प्रयास गर्दै सामाजिक क्षेत्रमा अझै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

चितवन समाज इजरायलले चौथो बार्षिक जन्मोत्सवको अवसरमा विविध कार्यक्रम सहित राहत वितरण गरेको छ । जन्मोत्सवमा संस्थाले चितवन रत्नपुर नगरपालिका वडा नम्बर–२ मा अवस्थित सानो घर आश्रमका बालवालिकाहरुलाइ एकथान दराज तथा दुईथान टेवल राहत जिन्सी हस्तान्तरण गरेको छ ।

 

राहत हस्तान्तरण कार्यक्रम चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिको आयोजनामा भएको थियो । राहत लिदै सानो घर आश्रम चितवन कि सञ्चालिका एवं सामाजिक आभियान्ता बिमला श्रेष्ठले संस्थाले दिएको जिन्सी सामान सहयोगले आश्रमका बालबालिकालाई धेरै सहयोग पुगेको बताउनुभयो ।
सहित भम्रणको आयोजना गरेको थियो ।

इजरायलमा भएका कार्यक्रमहरुको सभापतित्व चितवन समाज इजरायल कि अध्यक्ष सरिस्मा बराल (उमा) ले गर्नुभएको थियो । कार्यक्रममा संस्था कि संस्थापक अध्यक्ष तथा इजरायल कि संरक्षक अन्तराष्ट्रिय प्रबास महिला संयोजकमा नियुक्त हुनुभएकोमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो 

कार्यक्रममा नवराज खड्का, विशाल ज्ञावलीले संस्थाले सामाजिक क्षेत्रमा गरेको उललेख्य सहयोगको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । ईजरायलमा भएको कार्यक्रमको सञ्चालन संस्थाकी द्धितिय उपाध्यक्ष निलम भुसालले गर्नुभएको थियो । कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष प्रभा घिमिरेले गर्नुभएको थियो ।

संस्थाले २०७३ र २०७४ को आर्थिक आय ब्यय सार्वजनिक गरेको छ । संस्था कि कोषाध्यक्ष रमा पौडेलले संस्थाको आयव्यव सार्वजनिक गर्नुभएको थियो । सो कार्यक्रममा चितवन समाज इजरायलका आजिवन सदस्य, सस्थाका पदाधिकारीहरु, सल्लाहकार, पत्रकार, विभिन्न सघ संस्था का प्रतिनिधि, तथा समाजसेवीहरुको सहभागिता रहेको चितवन समाज इजरायल कि अध्यक्ष सरिस्मा बराल (उमा) ले हाम्रा समाचारदाता अनिरुद्र सुवेदीलाई जानकारी गराउनु भएको थियो ।

यता चितवनमा भएको राहात वितरण कार्यक्रमको सभापतित्व चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा चितवन सेवा समाज साइप्रस कि अध्यक्ष जसमाया पुनले राहत वितरण कार्यक्रमले समाज सुधारको कार्यमा सहयोग पुगेको बताउनुभयो ।

यस्तै चितवन समाज साइप्रस कि उपाध्यक्ष लक्ष्मी अधिकारीले प्रवासमा रहेका प्रवासी नेपालीहरुको सहयोगमा समाजमा राहत वितरण गरिएको बताउनुभयो । कार्यक्रममा स्थानीय निवासी, पत्रकार, बुद्धिजीवी एवं समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रमको सञ्चालन समितिका महासचिव रामबाबु थापाले गर्नु भएको थियोे ।