राष्ट्रपतिद्वारा संघीय संसद अधिवेशनको आह्वान

1525
views

काठमाडौँ ७, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन फागुन २१ गते आह्वान गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २१ गते सोमबार अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्वारा जारी गरिएको विज्ञिप्तिमा उल्लेख छ ।

गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भएको थियो । तर, राष्ट्रिय सभाको निर्वाचन गर्न समय लागेपछि निर्वाचन सकिएको तीन महिनापछि संसद अधिवेशन बस्न लागेको हो ।