‘समलिंगी जोडीलई गैरपर्यटकीय भिसा देऊ’

621
views

काठमाडौं । समलिंगी विवाह गरी नेपाल बस्न चाहने जोडीलाई गैरपर्यटकीय प्रवेशाज्ञा दिन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ।

भक्तपुर अनन्नतलिंगेश्रकी सुमन पन्तले अमेरिकी महिलालाई विवाह गरी नेपालमा नै बस्न पाउनु पर्ने माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो ।

न्यायायधीशद्वय आनन्दप्रसाद भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उनको जिन्दगीमा दख्खल दिन नहुने भन्दै गैरपर्यटकीय भिसा दिन आदेश गरेको हो ।- नागरिक दैनिक