कांग्रेसलाई जुझारू, प्रगतिशील र जनप्रिय बनाउने

२००७ सालको जस्तै जुझारू, २०१५ सालको जस्तै प्रगतिशील बनाउने अभियान

808
views

काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसले पार्टीलाई बलियो र जनमुखी बनाउने संकल्प सहित २००७ सालको जस्तै जुझारू, २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय बनाउने संकल्पसहित सोमवार पार्टी पुनर्जागरण अभियानको प्रारम्भ गरेको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीको पुनर्जागरण अभियान सुरु गरेका काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ्, गुरु घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा लगायतले अब कांग्रेसलाई बलियो बनाएर जनताकोमा लैजाने बताएका छन् ।

अभियानमा नेपाली काँग्रेसका पाका नेताहरु पुरुषोत्तम बस्नेत, होमनाथ दाहाल लगायतले ऐक्यबद्धता जनाएका छन्। नेपाली काँग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले पनि सोही अभियानलाई साथ दिएका छन् ।

२१ औं शताब्दी अनुकुलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गरेर समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना, साहस र समर्पण सहितको नेतृत्व, जनताको भरोसा र विश्वास जितेको पार्टीको रुपमा स्थापित गर्ने संकल्प अभियानमा सहभागि नेताले लिएका हुन् ।

प्रजातन्त्र दिवस, २००७ सालको जनक्रान्तिलाई स्मरण गर्दै नेपाली कांग्रेस पुनर्जागरण अभियानले तत्काल महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउने, देशैभरी सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउने, संविधानको मर्म अनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने र सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउने बताइएको छ ।

अभियानले सोमवार संक्षिप्त अवधारणा जारी गर्दै कांग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृतिसहितको पार्टी बनाउने, पार्टीले नेतृत्व पर्नै पर्ने सामाजिक आन्दोलनका मुद्दाहरुलाई पहिचान गर्दै पार्टी्िभत्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पूर्नजागृत गरेर सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पु¥याउने उल्लेख गरेको छ ।