बागलुङमा बम भेटियो, नेकपाले राखेको हुनसक्ने अनुमान

673
views

बागलुङ, ८ फागुन । बाग्लु्ङमा एक होण्डाको शोरुममा बम भेटिएको छ । खाना खाने हडकेशमा राखिएको उक्त बम बाग्लुङस्थित अर्जुन बाण गणको नेपाली सेनाले लगेको छ । बम विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने आशंका गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव देखाउन बम राखिएको हुनसक्ने आँकलन गरिएको छ । शो रुममा राखिएको उक्त बम तस्र्याउनका लागि मात्र राखिएको हुनसक्ने अनुमान गरिएको पत्रकार राजेशचन्द्रराज भण्डारीले जानकारी दिएका छन् ।