राष्ट्रपतिद्वारा राष्ट्रियसभामा खतिवडा, विडारी र पौड्याललाई मनोनित

636
views

काठमाण्डौ, ८, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा परेका राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनित गरेकी छन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा (झापा), रामनारायण बिडारी (मकवानपुर) र डा. विमला पौडेल (मोरङ) लाई मनोनित गरेकी हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो ।

“५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८६ उपधारा २ (ख) मा ’नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना’ राष्ट्रियसभामा रहने व्यवस्था छ ।”

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना सदस्य यसअघि नै निर्वाचित भइसकेका थिए । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा तीनजनाको नाम सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी थिइनन् ।