मन्त्रालय बाँडफाँडका लागि ओली भेट्न बालुवटार पुगे प्रचण्ड

729
views

काठमाण्डौ, ९ फागुन । मन्त्री परिषदको बैठकलाई पूर्णता दिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम बैठकमा जुटेका छन् ।

आजै मन्त्री परिषदलाई पूर्णता दिने गरी मन्त्रालयहरुको बाँडफाँड गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

ओली–प्रचण्डबीचको बैठकले बाँडफाँट टुङ्ग्याएपछि आजै एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसी मन्त्री मण्डलमा पठाउने नाम गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गर्ने र आजै शपथ ग्रहण गराउने योजना बनाइएको छ ।