डा. गोविन्द केसीको भेटियो तीन जन्ममिति

733
views

काठमाण्डौ, ९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई फरक फरक जन्ममितिको किर्ते गरेको आरोप लगाउदै अनसन बसेका डाक्टर गोविन्द केसीकोपनि तीनवटा जन्ममिति पाइएको छ ।

डाक्टर केसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको तर उपप्रध्यापक रहँदा सह–प्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको र प्रध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारममा भने २०१३ असोज २७ उल्लेख गरेको प्रमाण फेला परेको छ ।

प्रधानन्याधीश पराजुलीले किर्ते गरेर प्रधानन्यायधीश भएको आरोप लगाएर चर्चामा आएका डाक्टर केसीको आफैले किर्ते गरेको भन्दै सामाजिक सन्जालमा यति बेला उनको चर्को आलोचना भईरहेको छ । तर यस विषय भने औपचारिक रुपमा पुष्टि भने भईसकेको छ ।