राष्ट्रपति बिरुद्ध तरुण दल प्रर्दशनमा

925
views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको इसारामा चलेको भन्दै उनीबिरुद्ध नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले प्रदर्शन गरेको छ । तरुण दलले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपतिलाई संविधान अनुसार काम गर्न आग्रह समेत गरको छन् । प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारले राष्ट्रिय सभामा देउवा सरकारले सिफारिस गरेका नाम फिर्ता लिएर तीन सदस्यहरुको नाम राष्ट्रपतिलाई दिएको र राष्ट्रपति भण्डारीले तत्कालै सो सिफारिसलाई अनुमोदन गरेको भन्दै कांग्रेस र ऊ निकटका भातृ संगठन विरोधमा ओर्लिएका छन् ।

देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तिन जनाको अनुमोदन नगरेकी राष्ट्रपतिले ओली नेतृत्वको सरकारले राष्ट्रिय सभामा पठाएकाहरुको अनुमोदन गरेकी थिईन् ।