११ दिने शिव पुराणमा ११ लाख संकलन

1059
views

सन्तोष पाठक
पर्वत, ९ फागुन । फलेवास नगरपालिका पाङराङ गडिमा भएको ११ दिने शिब पुराण सकिएको छ । ११ दिनसमम सञ्चालित शिव पुराण आज समापन गरिएको हो । पुराणको प्रमुख वाचन भरत सुवेदीले गरेका थिए भने उपवाचन सुनिल शर्माले गरेका थिए ।

उक्त शिव पुराणमा पर्यटकीय बोर्डबाट नगद रु. पाँचलाख र सहयोगदाताबाट नगद रुपियाँ ६ लाख गरी ११ लाख रुपियाँ आर्थिक संकलन भएको आर्थिक समितिका संयोजक भोजराज उप्रेतिले जानाकारी दिए ।

कार्यक्रमको समापन गर्दै उप्रेतिले सहयोगबाट उठेको रकमको सहि सदुपयोग गरी मन्दिर निर्माणमा खर्चिने बताए । त्यस्तै पुजा व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद गौतमले ११ दिन सम्म शिव पुराणमा खट्ने श्रदालु भक्तजनहरुलाई धन्यवाद ज्ञापन गरे ।

पुजा व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा भएको पुराण समापन कार्यक्रमको सञ्चालन सचिव क्षेत्र वहादुर पाठकले गरेका थिए ।