एमालेले अर्थ, माओवादी केन्द्रलाई गृह मन्त्रालय निश्चित

742
views

काठमाण्डौ, १०, फागुन । मन्त्रालयको संख्या र अन्य मन्त्रालयमा भागबण्डा टुङ्ग्याउन सकस परिरहेका बेला एमाले–माओवादी केन्द्रले दुई मन्त्रालयको भागबण्डा गरेका छन् ।

शक्तिशाली र महत्वपूर्ण मानिने गृह मन्त्रालय तथा अर्थ मन्त्रालयमा सरकारको नेतृत्व गरेको एमालेले अर्थ र माओवादी केन्द्रले गृह मन्त्रालय सम्हाल्ने भएका छन् ।

‘प्रधानमन्त्री ओलीले नै अर्थ मन्त्रालय एमालेले लिन्छ, गृह मन्त्रालय तपाईंले लिनुस् भन्नु भएको छ’ स्रोतले भन्यो, ‘त्यसैले माओवादीले गृह पाउने पक्का भइसकेको छ ।’