अखिल (क्रान्तिकारी) को कास्की जिल्ला कमिटि गठन

1239
views

पोखरा । क्रान्तिकारी विध्यार्थीहरुको पोखरामा भएको एक भेलाले बिहीबार मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०को भातृ संगठन अखिल (क्रान्तिकारी)  कास्की जिल्ला कमिटि गठन गरेको छ ।

भेलाले संझना परियारको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । उक्त भेलाले जिल्ला सदस्यहरुमा सागर बराल, विन्दा आले, सार्थक त्रिपाठी, निवन विक, सुनिल पुनमगर, जीवन विक, धनबहादुर सुनार, लक्ष्मी नेपालीलाई चयन गरेको छ ।

भेलामा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ४ नं.प्रदेश संयोजक केशबहादुर परियार, क्रान्तिकारी माओवादीका केस निश्चल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य अमृत चपाई, अखिल (क्रान्तिकारी)का ४ नं. प्रदेश संयोजक मनकुमार न्यौपानेलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।