ओलीको रथमा संघीय समाजवादी फोरम नेपालको संशोधन पथ

797
views

काठमाण्डौ, १६, फागुन । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने तयारीमा पुगेको छ । नेकपा एमाले संविधान संशोधनका लागि तयार भएपछि फोरम सरकारमा जान लागेको हो । सरकारमा सहभागी हुनका लागि गठित कार्यदलले प्रतिवेदनन पेश गरिसकेका छन् । उक्त प्रतिवेदनलाई आज अन्तिम रुप दिने तयारी भइरहेको छ ।

एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवबिच भएको बैठकले कार्यदलको प्रतिवेदनमा सहमति जुटाउने तयारी गरेको छ । दुईतिहाइ बहुमतको सरकार बनाउने दाउमा रहेका ओली–प्रचण्ड जसरी पनि फोरमलाई सरकारमा ल्याउन तयार भएका हुन् ।

मधेस केन्द्रित दलले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा माओवादी केन्द्रका अध्यक्ष दाहाल सकारात्मक भएपनि ओली अनुदार बन्दै आएका थिए । प्रधानमन्त्री भएसँगै ओली सकारात्मक भएका हुन् ।

फोरम सरकारमा आएपछि एमाले–माओवादीबीच भएको मन्त्रालयको भागवण्डामा पनि तलमाथि हुने भएको छ । दुई दलले लिएका मन्त्रालय र तिनको संख्यामा पनि तलमाथि हुने भएको छ ।