काँग्रेस महामन्त्री डा. कोइरालाले डाके ‘लञ्च मिटिङ’

704
views

काठमाण्डौ, १६, फागुन । फागुन २१ गते हुने पार्टी संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक भएको सन्र्दभमा नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बुधबार सांसदसहितका नेताहरूको ’लञ्च मिटिङ’ बोलाएका छन् । डा.कोइरालाले बिहानी खानाको व्यवस्थासहित बैठक डाकेका हुन् ।

पछिल्लो समय नेतृत्वविरुद्ध अभिव्यक्ति दिइरहेका डा.कोइराला चुनाबमा नगइ संसदीय दलको सर्वसम्मत नेता हुने प्रयासमा छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा तथा नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने स्थिति देखिएको छ । महामन्त्री डा.कोइराला भने चुनाब नलडी सर्वसम्मत हुन प्रयास गर्ने र अन्तिममा चुनाब भए सिंहको पक्ष लिने स्रोतहरू बताउँछन् ।

’सकेसम्म आफैँ सर्वसम्मत हुनका लागि नेता कार्यकर्ताको समर्थन जुटाउने र त्यस्तो स्थिति नबनेमा प्रकाशमान सिंहलाइ सहयोग गरेर जाने भन्ने रणनीति बनाउन बैठक बोलाउनु भएको हुनसक्ने निकट नेताले भने ।

काँग्रेस संसदीय दलको नेता चयनको लागि १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने कार्यतालिका छ ।