सेरेना विलियम्सले जिते वर्ष खेलाडीको उपाधि

651
views

काठमाडौं, १६, फागनु । टेसिन खेलाडीहरु रोजर फेडेरर र सेरेना विलियम्सले वर्ष खेलाडीको उपाधि जितेका छन् । काठमाडौं, फागनु १६ । टेसिन खेलाडीहरु रोजर फेडेरर र सेरेना विलियम्सले वर्ष खेलाडीको उपाधि जितेका छन् ।

गएराती सम्पन्न लरे वल्र्ड स्पोर्ट्स अवार्डमा फेडेररले वर्ष खेलाडीको अवार्ड जितेका हुन् । २० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका स्वीस टेनिस खेलाडी फेडेररले वल्र्ड स्पोर्टसम्यान अवार्ड जितेका हुन् ।

उनले कमब्याक अफ द इयरको उपाधि पनि पाएका छन् । फेडेररले सन् २०१७ मा अस्ट्रेलियन ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए । यसैगरी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले वल्र्ड स्पोर्टस विमेन अवार्ड जितेकी छन् । सेरेनाले गत वर्ष २३ औं ग्राण्डस्लाम उपाधि जितेकी थिइन् ।

यसपटक फर्मुला वान टिन मर्सीडीजले टिम अफ द ईयरको उपाधि जित्दा ह्विीलचेयर एथ्लेट मार्सेल हगले फरक क्षमताका वर्ष खेलकुद व्यक्तीत्वको उपाधि हात पारे ।