पूर्वराष्ट्रपति हायलाई ३० वर्ष जेल सजाय माग

896
views

एजेन्सी सिउल, १६ फागुन । दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेउन हायलाई भ्रष्टाचार अभियोगमा ३० वर्ष जेल सजाय माग गरिएको छ । पूर्वराष्ट्रपति पार्कले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको भन्दै सरकारी वकिलले सो सजाय माग गरेका हुन् ।

भ्रष्टाचार आरोपमा पार्क्विरुद्धको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ । गत वर्षको मार्चमा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

पार्कलाई गत वर्षदेखि प्रहरी हिरासतमा राखिएको छ । प्रारम्भिक अदालतले पार्कले भ्रष्टाचार गरेको अभियोग लगाएपछि उनलाई संसद्मा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो । पार्क महाअभियोग लगाएर पदमुक्त गरिएकी दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन् ।