नेपाल–भारत संयुक्त सैन्य अभ्यासलाई स्वीकृति

543
views

काठमाण्डौ, १६ फागुन । नेपाली सेना र भारतीय सेनाले आलोपालो गराउँदै आएको संयुक्त सैन्य अभ्यास एक्स सूर्य किरणको १३ औं संस्करणका लागि नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले स्वीकृति दिएका छन् । प्रतिविद्रोह र प्रतिआतंकवाद सहितका बिषयमा केन्द्रित रहने गणस्तरको संयुक्त सैन्य अभ्यास यसपटक भारतको उत्तराखण्डमा आयोजना हुनेछ ।

रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार पदभार ग्रहण लगत्तै सेनाको संयुक्त अभ्यास प्रस्तावलाई स्वीकृति दिएका थिए । सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले अभ्यासको अगामी संस्करण भारतमा आयोजना हुने तय भएपनि अन्य बिषय तय भईनसकेको बताए ।

सेनाका अनुसार विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी अभ्यास संचालन हुदै आएको र दुबै देशका प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सैन्य अधिकारी तालिममा सहभागी हुँदै आएका छन् ।