विप्लवलाई पक्राउ पुर्जी जारी ? बन्दुक र कानुन दुबैको सामना–बम

1079
views

काठमाण्डौ, १६, फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्रन प्रहरीले पक्राउ पुुर्जी जारी गरेको छ । कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको जानकारी दिए । कपिलवस्तु स्थित विप्लवको घरमा प्रहरीले सुचना टाँस गरेको नेकपाका पोलिटब्युरो सदस्य भरत वमले बताएका छन् ।

भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलवस्तु प्रहरीले पुर्जी टाँस गरेको हो । विप्लवलाई पक्राउ गर्न पुर्जी जारी गरेपछि नेकपाका पोलिटब्युरो सदस्य भरत बमले विप्लवलाई पक्राउ गरेपछि विभिन्न प्रश्न जन्माएको भन्दै भावी दिनमा राज्यका विरुद्ध युद्ध गर्ने संकेत दिएका छन् ।

यस्तो भन्छन पोलिटब्युरो सदस्य वम