जनसम्पर्क समिति बेल्जियमको विस्तारीत बैठक

2005
views

काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाली जनसम्पर्क समिति बेल्जियमले आउँदो मार्च १२ मा बिस्तारित बैठक बोलाएको छ । समितिका सभापति सीता सापकोटाले प्रेस वक्तव्य जारी गर्दै बैठक हुने जानकारी गराएकी हुन् । विज्ञप्तिमा मुलुकभित्र पार्टी अत्यन्त प्रतिकुल अवस्थामा रहेको उल्लेख गरिएको छ । साथै यस्तो अवस्थामा पार्टीलाई सुदृढ बनाउन गहन रुपमा छलफल गर्नुपर्ने हुँदा बैठक आह्वान गरिएको छ । सो वक्तव्यमा भनिएको छ–बेल्जियमवासी नेपाली काँग्रेस संवद्ध आदरणीय दाजुभाई तथा दिदिबहिनीहरू,

हामी सबैलाइ थाहा छ अहिले नेपाली काँग्रेस अत्यन्त प्रतिकुल परिस्थितिमा छ । नेपाली काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र, देश र जनता कमजोर हुनु हो । यस घडीमा हामीमा आत्म समिक्षाको अत्यन्तै जरूरी परेको छ । जड तरिकाबाट अव यस पार्टीले पार पाउन सक्दैन । हामी सबैले एकपल्ट आफुलाइ मसिनो तरिकाले नियाल्न जरूरी भएको छ । नेतृत्व तह देखी जनस्तरसम्म पुनरमूल्यांकनको जरूरत छ, पुनरजागरणको जरूरत छ, पार्टी र जनताबीचको सम्वन्ध पुनर्ताजगीको जरूरत छ । यसको लागि सम्पूर्ण एकताको जरूरत हुन्छ । चाहे देशमा होस चाहे विदेशमा हामी सबैको केन्द्रबिन्दू देश, जनता र लोकतन्त्र हो । यसै तथ्यलाइ हृदयङ्गम गर्दै हामी बीच रहेका सानातिना मतमतान्तरलाइ बिर्सेर सम्पुर्ण एकताको लागि अगामी मार्च १२ गतेका दिन बस्ने यस समितिको बैठकलाइ विस्तारित रूप दिइएकोले सँस्थापक अध्यक्ष, भुपु अध्यक्षहरू, निवर्तमान अध्यक्ष, नेपाली काँग्रेसका वर्तमान तथा भूतपुर्व महामति सदस्यहरू, महाधिवशन प्रतिनीधिहरू, कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरू तथा नेपाली जनसम्पर्क समिति बेल्जियमका सल्लाहकारज्यूहरूलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । साथै समितिका जिम्मेवार साथीहरूले सँगठनलाइ आँच आउने खालका कुनै गतिविधीहरू नगर्नु नगराउनुहुन नेपाली जनसम्पर्क समिति सम्वध्द समस्त जिम्मेवार साथीहरूलाइ हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद, जयनेपाल ।
सीता सापकोटा
सभापति ।