नेपाल आदिवासी जनजाति पत्रकार महासंघको तेश्रो अधिवेशन

978
views

नुवाकोट, २० फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला नुवाकोटको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शक्तिमायाँ तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भरतसन्तोषी लामा, सचिबमा गमला लामा, कोषाध्यक्षमा राकेश डङ्गोल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा करण तामाङ, भगवती लामा, होम बहादुर तामाङ, शर्मिला थापा मगर र प्रताप तामाङ रहनुभएको छ । साथै अधिवेशनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको चैत्र २३ र २४ गते काठमाडौमा हुने महादिवेशनको लागी प्रतिनिधि समेत छनोट गरेको छ ।

केन्द्रिय प्रतिनिधिमा भरत सन्तोषी लामा, उमे्श तामाङ, र सुवानी तामाङ चयनहुनुभएको छ । यस्तै, प्रदेश प्रतिनिधिमा समीर बलामी, टिकाराम तितुङ र गमला लामा चयन हुनुभएको महासंघका अध्यक्ष शक्तिमायाँ तामाङले जानकारी दिनुभएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नुवाकोट अध्यक्ष भगवान राना मगर तथा नुवाकोट जिल्लाको विभिन्न सञ्चार संस्थामा कार्यरत आदिवासी जनजाति पत्रकारहरुको सहभागीता रहेको थियो ।
तामाङ पत्रकार संगठीत
नुवाकोट जिल्लामा विभिन्न सञ्चार माध्यममा कार्यरत तामाङ पत्रकारहरु संगठित भएका छन् । नुवाकोट जील्लामा कार्यरत तामाङ पत्रकाहरुको भेलाले शक्तिमायाँ तामाङको अध्यक्षतामा तामाङ सञ्चार समुह गठन भएको छ । समुहको उपाध्यक्षमा होमबहादुर तामाङ, सचिबमा गमला लामा र कोषाध्यक्षमा प्रताप तामाङ चयन हुनुभएको छ । यस्तै समुहको सदस्यहरुमा भगवती लामा, करण तामाङ, अनुष्का लामा, सुमिता तामाङ र कमला तामाङ रहनुभएको छ ।