आज संसदको पहिलो बैठक

674
views

काठमाण्डौ, २१ फागुन । नयाँ संविधानअनुसार गठन भएको प्रतिनिधि सभा एवं राष्ट्रिय सभाको पहिलो बैठक सोमबार अपरान्ह बस्न लागेको हो । वि.सं. २०५६ सालको चुनाबपछि दुई सदनात्मक अभ्यास हुन लागेको यो नै पहिलो हो। २०४७ को संविधानमा जस्तै नेपालको संविधान २०७२ मा दुइ सदनात्मक संघीय संसदको व्यवस्था रहेको छ ।

अपरान्ह ४ बजे बोलाइएको बैठकलाई मुख्य दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छैनन् । संसद सचिवालयले पहिलो बैठकमा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको थियो । दलका नेताहरुले त्यसलाइ रद्द गरिदिए ।

नयाँ संविधानअनुसार स्थापना भएको प्रतिनिधि सभामा २७५ सांसद छन्। राष्ट्रिय सभामा ५९ सदस्यीय छ । प्रतिनिधि सभाका २७२ तथा राष्ट्रिय सभाका ५४ जनाले आइतबार शपथ लिएपछि सोमबार संसदको पहिलो बैठक बस्न लागेको हो ।