संविधान संशोधनमा कुरा मिलेपछि सरकारमा सहभागी हुन राजपा छलफलमा

774
views

काठमाण्डौ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेपछि सो पार्टीका शिर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आइतबार विहानबाट छलफल सुरु भएको बताएका छन् ।’संविधान संशोधनमा कुरा मिलेपछि हामी लिखित सहमति गर्छौं, यादवले भने,’कुरा मिलेपछि हामी सरकारमा जाने पक्षमा नै छौं ।’

सरकारको नेतृत्वकर्ता दल एमाले र राजपासँग मधेश गठबन्धन गरेको अर्को दल संघीय फोरमबीच संविधान संशोधन र सरकार प्रवेशमा यसअघि पनि छलफल भइरहेको छ ।

दुई मन्त्रालय र एक राज्यमन्त्री दिएरसमेत उपेन्द्र यादवलाई सरकारमा ल्याउने तयारी सत्तारुढ दलको छ । यसअघि मधेश केन्द्रित दलहरुले नागरिकता, भाषा, सीमाङ्कन र राष्ट्रिय सभालाई केन्द्रमा राखेर संविधान संशोधनको माग गरेका थिए ।