डुब्न लागेको देश बचाउन वाम सरकार–एमाले नेता नेपाल

826
views

काठमाडौं, २२ फागुन– एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले कोल्टे फेर्न खोजिरहेको बताउँदै प्रधानमन्त्रीको खुट्टा तान्ने काम गर्न नहुने बताएका छन् ।

नेता नेपालले मंगलबार प्रतिनिधिसभाको बैठकलाई संबोधन गर्दै विगतमा विभिन्न संसदीय समितिहरुले विगतमा सरकारको खुट्टा तान्ने गरेको बताए । ‘अख्तियारको काम भ्रष्टाचार हेर्ने मात्रै हो, अदालतको काम बाटो ठूलो बनाउ वा नबनाउ भन्ने होइन’ नेपालले सबै संवैधानिक निकायका आ–आफ्ना कार्यक्षेत्र भएको भन्दै त्यसलाई बिर्सन नहुने बताए ।

उनले देशमा भ्रष्टाचार व्यापक भएको उल्लेख गर्दै अवको पहिलो प्राथमिकता भ्रष्टाचारको अन्त्य रहेको बताए । ‘जनताले आशा भरोसा गरेका छन् यसमा संसदले सक्रिय भूमिका खेल्नुपर्छ’ नेपालले भने,‘डुब्न लागेको देशलाई बचाउन अव वाम सरकार आएको छ ।’