आज अन्तराष्ट्रिय महिला दिवस देशैभर विविध कार्यक्रम गरी मनाईदै

798
views

काठमाण्डौ, २४ फागुन । आज १ सय ८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आर्ज याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् । महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।