महिला अधिकार सुनिश्चित गर्न एकीकृत पहलको आवश्यकताः राष्ट्रपति

702
views

काठमाण्डौ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको हक–अधिकार सुनिश्चित गर्न एकीकृत पहल गर्नुपर्ने बताएकी छिन् ।

१०८ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले महिलाहरुको अधिकारका लागि एकिकृत पहल गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले अन्तराष्ट्रिय महिला दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्ने बताएकी छन् ।

महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न जोड दिएकी छन् ।