व्यवसायिको चुनाव नजिकिदै गर्दा अधिकारीद्वारा घरदैलो अभियान

810
views

महेन्द्र जिसी
पर्वत, २६, फागुन । व्यवसायिहरुको चुनाव नजिकदै गर्दा पर्वतका व्यवसायिहरु चुनावमा केन्द्रित भएका छन् । ०५२ सालदेखी पर्वत उद्योग वाणिज्य संघको लेखा व्यवस्थापन समितिको जिम्मेवारी सम्हाल्दै जिल्लाका व्यावसायीहरुको हक हितको क्षेत्रमा काम गर्दै सफल व्यवसायि गोपी अधिकारी अध्यक्ष पदको लागि घरदैलो अभियानमा जुटेका छन् ।

द्धितीय र प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष समेत बनिसकेका गोपी अधिकारी घरदैलो अभियानमा केन्द्रित बनेका छन् । पर्वत उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा चुनावमा होमिएका उनलाई जिल्लास्थित व्यवसायिहरुले अगाडी सारेका छन् ।

अधिकारीले सबै व्यावसायीको हितका लागि साझा र समावेशी समिति बनाउन उमेदवारी दिएको बताए । उनले जिल्लाको खस्किदो व्यापार र ग्रामीण भेगका जनतासम्म पहुँच विस्तारका लागि आफुले प्रयत्न गर्ने र गरिरहेको बताए ।

उनले भने मैले ‘सदरमुकामको व्यावसाय उठाउनका लागि देखिएको चुनौती र त्यसको जिम्मेवारी लिने प्रयत्न गरेको छु ।’ उनले व्यासायीक क्षेत्रमा भोगेका समस्याहरु सबै व्यावसायीसँग मेल खाएको भन्दै साना ठुला सबै व्यावसायीका व्यावसाियक पीडाहरुलाई न्युनिकरण गर्ने प्रतिबद्धता जनाए ।

आगामी चैत्र ३ गते हुन लागेको संघको अधिवेशनको तयारीमा लागेको बताउनँदै उनले सबैको साझा उम्मेदवार भएको दाबी गरे । अधिकारी फर्निचरका सञ्चालक समेत रहेका अधिकारीले साझा अध्यक्ष बनाउन समेत आग्रह गरेका छन् ।