नेपाली आकाशमा सतरी भन्दा बढी दुर्घटना, सात सय बढीले ज्यान गुमाए

821
views

काठमाण्डौ, २९, फागुन । हवाई उडानको इतिहासमा नेपाली आकाशमा सतरी भन्दा बढी दुर्घटना, त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गमा आज यूएस–वङ्लाको विमान दुर्घटना हुँदा कम्तिमा ४९ ले ज्यान गुमाएका छन् । करिव छ दशकभन्दा लामो इतिहास बोकेको नेपाली हवाइ उडानको क्रममा अहिलेसम्म साना ठूला गरी सत्तरीभन्दा वढी विमान दुर्घटना भएको छ । यि दुर्घटनामा सात सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

सिमरा विमानस्थलमा सन् १९५५ मा कालिंगा एयरको विमान भएको थियो । जसलाई नेपालको इतिहासमा पहिलो विमान दुर्घटना मानिन्छ ।

त्यस्तै, १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए भने सन् १९५८ मा ललितपुरको टीकाभैरवमा इण्डियन एयरलाइन्सकै विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।

कहिले कति दुर्घटना ?
सन् १९६०ः नेपाल बायूसेवा निगम(भैरहवाः ४ जनाको मृत्यु
सन् १९६२ः नेपाल वायूसेवा निगम(ढोरपाटनः १० जनाको मृत्यु
सन् १९६२ः नेपाल वायूसेवा निगम(ढोरपाटनः १० जनाको मृत्यु
सन् १९६९ः नेपाल वायूसेवा निगम(बतासेडाँडाः ३५ जनाको मृत्यु
सन् १९७२ः रोयल फ्लाइट(धुलिखेलः ३१ जनाको मृत्यु
सन् १९७५ स् नेपाल वायूसेवा निगम(काठमाडौंः ५ जनाको मृत्यु
सन् १९७६ स् नेपाल वायूसेवा निगम(मेघौलीः ६ जनाको मृत्यु

सन् १९९२ जुलाइमा घ्याङफेदीमा भएको थाइ एयरको विमान दुर्घटनामा ११३ र सोही वर्ष सेप्टेम्वर २८ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टडाँडामा दुर्घटना हुदा १६७ जनाको निधन भएको थियो । जुन आजसम्मकै नेपाली आकाशमा भएको सवैभन्दा ठूलो दुर्घटना हो ।

कहिले कति दुर्घटना ?
सन् १९९८ः एटिएससी लुम्बिनी÷म्याग्दी १८ जनाको मृत्यु
सन् १९९९ः नोकेन एयर(काठमाडौं १५ जनाको मृत्यु
सन् २०००ः नेपाल वायूसेवा निगम(डडेलधुराः २५ जनाको मृत्यु
सन् २००२ः सांग्रिला एयर(कास्कीः १८ जनाको मृत्यु
सन् २००४ः यति एयरलाइन्स(लमजुङः १९ जनाको मृत्यु
सन् २०१०ः अग्नि एयर(मकवानपुरः १४ जनाको मृत्यु
सन् २०११ः तारा एयर(ओखलढुंगाः २२ जनाको मृत्यु
सन् २०११ः बुद्ध एयर(ललितपुरः १९ जनाको मृत्यु
सन् २०१२ः अग्नि एयर(जोमसोमः १५ जनाको मृत्यु
सन् २०१२ः सीता एयर(भक्तपुरः १९ जनाको मृत्यु
सन् २०१४ः नेपाल वायू सेवा निगम(अर्घाखाँचीः १८ जनाको मृत्यु
सन् २०१६ः तारा एयर(म्याग्दीः २३ जनाको मृत्यु

२०७१ फागुन २० अर्थात् सन् २०१५ मार्च ४ मा टर्कीको इस्तानवुलबाट २ सय २३ यात्रुसहित काठमाडौ आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिदा दुर्घटनामा प¥यो । तर, मानवीय क्षति भएन् ।

२०७२ सालको बैशाखमा भूकम्पका वेला उद्दारका लागि आएको अमेरिकी सेनाको विशेष विमान सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटना हुँदा दुई नेपाली र छ अमेरिकी सैनिकको ज्यान गएको थियो ।

२०७२ फागुन १४ गते एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा पाइलट र को–पाइलटले ज्यान गुमाएका थिए । सोमबार यूएस–वङ्लाको विमान नेपालमा भएको ४४ औं ठूला दुर्घटना हो । घटना र विचारबाट