आतंककारी क्रियाक्लाप सह्य हुँदैन–प्रधानमन्त्री ओली

821
views

काठमाण्डौ, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताउनुभएको छ । ओलीले अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने सोच हटाउन समेत चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने समेत उल्लेख गर्दै भन्नुभयो बलत्कार र महिला हिंसाका विरुद्ध अभियान चलाउने र ‘कडा कानुन बनाएर कार्यन्वयन गर्ने बताउनुभयो ।

सो अवसरमा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने पनि बताउनुभयो । ‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संसोधन हुदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न समेत निर्देशन दिनुभयो । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निमित्त गर्न सांसदहरुलाई सुझाउनुभयो ।

कार्यक्रममा नेकपा(एमाले),नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुको उपस्थिती रहेको थियो ।