सार्वभौमिकता र राष्ट्रिय अखण्डताका लागि सुरक्षा–मन्त्री पोख्रेल

1358
views

काठमाण्डौ, ३० फागुन । रक्षामन्त्री ईश्वर प्रसाद पोख्रेलले सुरक्षा बहु–आयामिक विषय भएकोले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेट्ने बताउनु भएको छ ।

नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संयुक्त रुपमा सञ्चालन गरेको तेश्रो उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन गर्दै पोख्रेलले यस्तो बताउनुभएको हो ।

उहाँले सुरक्षा नीति अन्तर्गत सार्वजनिक र निजी मुल्य मान्यताहरु, राष्ट्रिय सम्मान र गौरव, जिऊधन एवं सामाजिक–सांस्कृतिक मुल्य मान्यताको सुरक्षा र संरक्षण पनि पर्नुको साथै राष्ट्रिय सुरक्षाले भौगोलिक, सामाजिक, आर्थिक र राजनैतिक रुपमा देशको पूर्ण सुरक्षालाई बुझाउने बताउनुभयो ।

उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेना लगायत अन्य सुरक्षा निकायका रथीवृन्द तथा अधिकृतहरु गरि जम्मा २५ जनाको सहभागीता रहेको थियो ।

उक्त तालिम समापनमा मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने समापन समारोहमा तालिम समापन कार्यक्रममा कलेजका शिक्षाध्यक्ष उपरथी प्रल्हाद थापाले स्वागत गर्नुभएको थियो । तालिममा सहभागीलाई रक्षामन्त्री ईश्वर प्रसाद पोख्रेलले प्रमाणपत्र सहित बधाई ज्ञापन गर्नुभएको थियो