फोरम सरकारमा जाने भएपछि मन्त्रिपरिषद बिस्तारको तयारी

629
views

काठमाण्डौ, २ चैत । संघीय समाजवादी फोरमले सरकारमा सहभागि हुने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

एमालेका एक नेताले घटना र बिचारलाई जानकारी गराउँदै फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेकोले आजै मन्त्रिपरिषद विस्तार हुने संभावना रहेको बताए । ‘कुन मन्त्रालयको जिम्मा फोरमलाई दिने भन्ने विषयमा केही टुंगो लागेको छैन ।’ ति नेताले भने, ‘प्रधानमन्त्रीसँग फोरमका नेताहरुले तीन मन्त्रालय माग्दै आएपनि दुई मन्त्रालय दिने पक्कापक्की भएको छ ।’

यता, फोरमले सरकारमा जाने निर्णय पार्टीले गरेको तर कहिले, को जाने र कुन मन्त्रालय लिने भन्ने यकिन नभएको जनाएको छ ।