काठमाडौँ, २, चैत । पच्चीस वर्षीया पृथुला रशिदका लागि सह–चालकका रूपमा त्यो दोस्रो अन्तराष्ट्रिय उडान थियो । उनले आफ्नो पहिलो अन्तराष्ट्रिय उडान पनि काठमाण्डुमै गरेकी थिइन् । उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै आएकी थिइन् ।
उनकी आफन्त तासामिन रहमान ओमीले भनिन् उनका बुवाआमालगायत परिवारका धेरै जनालाई पृथुला विमानचालक बन्ने कुरा मन परेको थिएन ।
उनका बुवाआमाले आफ्नी एक मात्र सन्तानले निरन्तर जोखिम भइराख्ने पेसा अँगाल्ने कुरा स्वीकार्न सकेका थिएनन् ।
एक मात्र सन्तानले जीवनमा निरन्तर जोखिम हुने पेशा अँगालेको स्वीकार गरिरहेका थिएनन् । रहमानले भनिन्, “उनले यो पेशा अँगालेदेखि नै यस्तो प्रकारको जोखिम हुन्छ भन्ने हामीलाई थाहा थियो, तर उनी आफ्नै रुचीका कारण विमानचालक बन्न पुगिन् ।’
पृथुला रशिद निकै जिज्ञासु स्वभावकी थिइन् । उनी विभिन्न प्रकारका विषयहरुबारे जान्न चाहन्थिन् । तासामिन रेहमान ओमीले रशिदको मन एकदम कमलो भएको र उनले घरमा खरायो र माछा पालेकी पनि बताइन् ।
“रशिदले सडकका भुस्याहा कुकुरहरूलाई पनि धेरै माया गर्ने गरेको बताउँदै, सानो छँदा उनले आफ्नो बुवाको इन्हेलरको प्रयोग गरेर सासको समस्या भएको कुकुरको उपचार गर्ने प्रयास गरेकी थिइन् ।
“उनको उपस्थिति नै अरुलाई सहज अनुभव गराउन पर्याप्त हुने खालेको थियो । कसैको मन खिन्न रहेको छ भने पनि त्यो व्यक्ति पृथुलाको कुरा सुनेर तुरुन्तै खुशी हुन सक्थ्यो ।’ सोमबार काठमाडौं मेडिकल कलेजले युएस बाँग्ला विमान दुर्घटनामा मृत्यु हुनेमा सह–चालक पृथुला रशिद पनि रहेको पुष्टि गरेको थियो । बीबीसी