राष्ट्रिय सभा उपाध्यक्षमा दाहाल र आलेबीच प्रतिस्पर्धा

610
views

काठमाडौँ, ४, चैत । राष्ट्रिय सभा उपाध्यक्षका लागि आज हुने निर्वाचनमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल र कांग्रेसकी बृन्दादेवी आले राना प्रतिष्पर्धामा उत्रिएका छन् । संसद भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । बैठकमा उम्मेवादरको नाम निर्णयार्थ पेश गरिनेछ । दुई मनोनयन परेकाले मत विभाजनद्वारा उपाध्यक्ष चयन हुनेछ ।

मत विभाजन गर्दा पहिलो प्रस्तावले बहुमत पाएमा दोस्रो प्रस्ताव निर्णयार्थ पेश गरिने छैन । पहिलो प्रस्तावले बहुमत पाउन नसके मात्र दोस्रो प्रस्ताव पेश गरिनेछ । राष्ट्रिय सभामा ५९ सदस्य छन् ।

राष्ट्रिय सभामा एमालेका २९ र माओवादी १३ गरी बाम गठबन्धनका दुई तिहाई सांसद छन् । कांग्रेस १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २–२ सांसद रहेका छन् ।