विमान दुर्घटनामा परेका २३ बंगलादेशी नागरिकको शव ढाका पठाईदै

733
views

काठमाण्डौ, ५ चैत । युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव आज सोमबार स्वदेश लगिँदै छ । नेपालस्थित बंगलादेशी दूतावासका अनुसार सोमबार बिहान उनीहरुलाई नमाज–ए–जनाजा ९मुस्लिम धर्म अनुसारको अन्तिम श्रदान्जलि० दिएर स्वदेश लग्ने तयारी भएको हो ।

दूतावासका अधिकारी र काठमाडौंमा रहेका बंगलादेशी नागरिकले अन्तिम श्रदान्जलीमा सहभागिता जनाएका थिए । शव लैजान बंगलादेशी वायु सेनाको विमान काठमाण्डौ अवतरण भैसकेको छ ।

युएस–बंगला एयरलाइन्सको विमान गत सोमबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा बंगलादेशी नागरिकसहित ५१ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विमानको चालक दलका ४ सदस्य समेत रहेका थिए । विमानमा सवार रहेका अन्य १९ जनाको समेत घटनास्थलमै मृत्यु भएको थियो ।

दूतावासका अनुसार हाल ३ जना बंगलादेशीको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । विमानमा ४ जना चालक दलका सदस्य सहित ७१ जना सवार थिए । जसमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका नागरिक थिए ।