झलनाथ खनालको जन्मदिन, शुभकामनाको ओईरो

764
views

काठमाडौं, ६ चैत । नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्त्री झलनाथ खनालको आज जन्मदिन । शुभकामना दिनेहरुको ओइरो लागेको छ ।

जन्मदिनका कारण ईलाम रहेका खनाल आजै काठमाण्डौ आउँदैछन् । जन्मदिन मनाउनका लागि पार्टीका कार्यकर्तादेखि साथीभाइले भेट्ने समय मागेपछि उनी काठमाण्डौ आउन लागेका हुन् ।

काठमाण्डौ आइपुगेपछि घरमै बर्थडेको समारोह बन्छ । तर मैले कसैलाई पनि निम्तो गरको छैन ।” खनालले भने ।  शुभेच्छुक तथा साथीभाइहरु आउने भएकाले केक काटिने भए पनि औपचारिक कार्यक्रम नभएकाले कसैलाई पनि नबोलाएको उनले स्पष्ट पारे । कुराकानीमा खनालले बैशाख नौ गने पार्टी एकता प्रक्रिया समाप्त हुने पनि उल्लेख गरे ।