सुपरस्टार अभिनेता सलमानको ‘रेस– ३’ को पोस्टर सार्वजनिक

839
views

काठमाण्डौ, ६ चैत । बलिउडका सुपरस्टार अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको पोस्टरमा सलमान खानले एक हातमा बन्दुक बोकेको देख्न सकिन्छ ।

एक्सन थ्रिलर रुपमा निर्माण गरिएको यो चलचित्रलाई रेमियो डिसुजाले निर्देशन गरेका छन् भने टिप्स फिल्मस् र सलमान खान फिल्मस् निर्माण रहेको छ ।

चलचित्रमा सलमानका साथै अनिल कपुर, बवी देवल, ज्याकलिन फर्नान्डेज र डेजी शाहको अभिनय रहेको छ । यो रेस फिल्मको तेस्रो सिक्वेल हो । रेसको पहिलो भागमा अनिल कपुर, सैफ अलि खानको भूमिका रहेको थियो भने दोस्रो भागमा अनिल, सैफ अलि दोहोरिएका छन् भने जोन अब्राहम, दीपिका पादुकोन आदिको अभिनय रहेको थियो ।