प्रधान सेनापति र फ्रान्सका महामहिम राजदूतबीच शिष्टाचार भेट

826
views

काठमाण्डौ, ७ चैत । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित फ्रान्सेली राजदुतावासका महामहिम राजदूत एभेस कारमोनाले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानसेनापति क्षत्री र महामहिम राजदुत एभेस कारमोनाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको छ ।