गौतम परिवारलाई मातृ शोक

818
views

पर्वत, ८, चैत । माओवादी केन्द्र पार्टीका केन्द्रीय आयोजक समितिका सदस्य तथा माओवादी केन्द्र पर्वतका सचिव ढाकाराम गौतम ‘सन्देश’  परिवारलाई मातृ शोक परेको छ ।

मधुमेह रोगले ग्रसित गौतम परिवारकी ममतामयि माता दीर्पा गौतमको ७९ बर्षको उमेरमा निधन भएको थियो । १९९५ सालमा जन्मिनु भएकी दीर्पाका सात भाई छोरा र एक छोरी मध्ये जेठा छोरा नारायण गौतमको निधन भइसकेको छ । उनका छोरा ढाकाराम गौतम ‘सन्देश’ माओवादीद्वारा सञ्चालित जनयुद्वदेखी हालसम्म निरन्तर राजनीतिमा सहभागी छन् ।