पर्वतमा सम्बन्ध विच्छेदका मुद्दा बढे

975
views

पर्वत, ८ चैत । जिल्ला अदालत पर्वतमा सम्बन्ध विच्छेद, अंश मुद्दा लगायतका मुद्दाहरु बढेका छन् । जिल्ला अदालतले चालु वर्षको फाल्गुन मसान्तसम्म दुनीयावादी,, देवानी मुद्धा गत वर्षको जिम्मेवारी सरेका ३३ थान मध्ये १८ को फस्र्याैट भईसकेको पनि जनाएको हो ।

त्यसैगरी गतवर्ष परेका ९२ मुद्धामा २९ थान मुद्धा फस्यौट भएको जनाएको हो । यस्तै फौजदारी मुद्दामा गतवर्ष जिम्मेवारी सरेका १८ थान मुद्दा मध्ये १४ फस्र्यौट गरीएको छ । चालु वर्षका ७६ मुद्दामा ३६ थान फस्र्यौट भएका हुन ।

चौमासीक अन्र्तक्रिया कार्यक्रममा जिल्ला अदालत पर्वतका श्रेस्तादारा दयाराम पोर्खेलले व्यक्ति वादी, देवानी मुद्दा नरहेको बताउनुभयो । कार्यक्रममा सरकारीवादी फौजदारीमा गत वर्षका ६ मुद्दा मध्ये ५ मुद्धा फस्र्याैट भईसकेको पनि जानकारी दिइएको थियो ।

यसै गरी गतवर्ष परेका २१ मुद्दामा ३ वटा मुद्दा फस्र्यौट गरीएको पोर्खेलले बताउनुभयो । पोर्खेलले अंश सम्बन्ध विच्छेद र लेनदेनका मुद्दा बढीरहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला न्यायधीश ध्रुर्व सापकोटाले जनतासँग न्यायलय र स्थानीय जनप्रतिनिधिहरुमा पनि न्यायीक अधिकारको विषयमा प्रष्टयाउनुभएको थियो ।

अदालतमा प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतको अख्तियारीमा रहेका मुद्दाको समेत पुनरावेदन लाग्ने हुँदा मुद्दाका प्रकृति बढदै गएका छन् ।

कार्यक्रममा एक करोड ६५ लाख ९२ हजार ११ रुपैयाको जरीवाना रहेको पर्वतमा दुई दशमलव ४८ प्रतिशत फस्र्यौट भईसकेको छ । कैदमा जम्मा ७ सय ८० वर्ष ४ महीना तीन दिन रहेकोमा चालु वर्षमा एक सय ४९ वर्ष तीन महीना २४ दिन फस्र्यौट गरीएको पनि जिल्ल अदालत पर्वतले जनाएको छ ।